मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १४ आइतबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १४ आइतबार १२:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ठूला मिटरब्याजीविरुद्ध ललितपुर प्रशासनले थाल्यो कारबाही 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १४ आइतबार १२:३५:oo

अनुचित लेनदेन (मिटरब्याज)को आयोग गठन भएलगत्तै ललितपुरमा मात्र दुई  सयभदा बढी मिटरब्याजपीडितले उजुरी दिएका थिए।

ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठूलो मुद्दा देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले दर्ता गराएका थिए। उनले १५ जना मिटरब्याजीविरुद्ध पाँच अर्ब ४० करोडबराबरको मुद्दा ०८० असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका थिए। 

सो मुद्दामा ०८० साल असार २५ गतेदेखि छानबिन सुरु भएको थियो। छानबिन सुरु भएलगत्तै दुईजना मिटरब्याजीले चलनचल्तीभन्दा बढी लगेको ब्याज फिर्ता गरेको मिटरब्याजीपीडित चौलागाईंले बताए।

उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठूलो कारोबार भएको कारण छानबिन गर्न समय लागेको बताए। चौलागाईंले दर्ता गरेको मुद्दामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन महर्जनसँग भएको पाइएको छ। उनीसँग करिब चार अर्ब करोबार भएको चौलागाईंको दाबी छ। 

विवरण हेर्दा रोविन महर्जनले चौलागाईंलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाईंसँग चार अर्बबराबर बैंकमार्फत लिएको देखिएको छ। सामान्य जग्गाको कारोबार गर्ने रोविन महर्जनको तीन वर्षयता करिब ६ अर्ब सम्पत्ति थुप्रिएको स्रोतको दाबी छ। 

मिटरब्याजीपीडितका अनुसार रोवनको ललितपुर सैबु भैँसेपाटी आवासभित्र तीनवटा घर, करिब ५० करोड मूल्यबराबरको सातदोबाटोमा २० आनामा आलिसान घर, करिब ३० करोडको बी एन्ड बी अस्पतालसँगै १७ आना जग्गा, २५ करोडबराबरको झम्सीखेलमा २३ आनामा आलिसान दरबार (जो ५५ करोडभन्दा बढीको छ, जहाँ उनी आफैँ बस्ने गरेका छन् ), झम्सीखेल डिएभी स्कुल मेनरोडमा २५ आनामा करिब ६० करोडको जग्गा, बखुन्डोल चैतन्य स्पा ३२ आनामा करिब ५० करोडको स्पा, सानेपामा १० आना जग्गा, इमाडोलमा १० आना जग्गामा घर छ।

उनको व्यापारका नाममा सम्राट मार्केटिङ नाम गरेको छोराको नाममा कम्पनीसमेत छ। उक्त कम्पनीमा माछापुच्छ्रे बैंकले चार करोड कर्जा दिएको छ। रोविन महर्जनको पुच्वः नाम गरेको सहकारी पनि छ।  कुमारीपाटी पञ्चशील सहकारी, ज्योतिपुञ्ज सहकारी, पुच्वः सहकारीमा उनले ठूलो कारोबार गरेको देखिन्छ।

जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागिसकेको छ। उनको बैंक र सहकारी गरेर करिब सात अर्बजतिको कारोबारको कागजपत्र फेला परेको प्रशासन कार्यालयले जनाएको छ।

यस्तै, ०८० सालमा समस्यामा परेको गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले जेलमा छन्। उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो। 

दिवाकर श्रेष्ठले पनि रोविन महर्जनले दुई अर्ब मिटरब्याजमा लिएकाले आफ्नो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन्। रोविनलगायत अरू १२ जना रवि महर्जन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन महर्जन, सञ्जय अधिकारी, रुविन महर्जन, सीताराम राउत, विवेक केसी, आशिष प्रधान सबै मिटरब्याजी पुष्टि भएको जनाइएको छ।