१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बंगलादेशका पर्वतारोहीले गरे हिल्सादेखि कन्चनजंघासम्मको पदयात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:४७:oo

बंगलादेशका पर्वतारोही इक्रामुल हसन सकिल नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालयन ट्रेल पर्वतारोहण सम्पन्न गरेर फर्केका छन्।

हुम्लाको हिल्सा नाकादेखि पूर्वको कञ्चनजंघा आधार शिविरसम्म १७ सय किलोमिटरको पदयात्रा उनले १०२ दिनमा सम्पन्न गरेका थिए। पर्वतारोही सकिललाई बिहीबार बंगलादेशको राजदूतावासमा आयोजित समारोहमा नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन लोमन चौधरीले सम्मान गरेका छन्।

राजदूताबासका अनुसार पहिलो बंगलादेशी पर्वतारोहीका रूपमा उनले नेपालको पूर्व–पश्चिमसम्म पदयात्रा गरेका हुन्। विश्वभरका धेरै कम आरोहीहरूले अहिलेसम्म यो पदयात्रा सफलतापूर्वक पूरा गरेका छन्। अभियानको क्रममा सकिलले २९ वटा जटिल हिमाल पार गरेका थिए, जसमध्ये १४ वटा हिमाल पाँच हजार मिटरभन्दा बढी उचाइका छन्।

पर्वतारोही सकिलले यसअघि कायाजोरी (६,१८६ मिटर), हिमलुङ (७,१२७ मिटर) र डोल्मा खाङ (६,३३२ मिटर) लगायतका हिमालयको आरोहण गरिसकेका छन्। उनले विभिन्न यात्राको व्यक्तिगत अनुभवमा आधारित पुस्तकहरू पनि लेखेका छन्। उनी मातृभाषा शिक्षा र वातावरण संरक्षणका लागि जनचेतनामूलक अभियानमा पनि सहभागी छन्।

दूतावासका अधिकारीहरूसँगको विचार आदानप्रदानका क्रममा सकिलले अभियानको आफ्नो अनुभव सुनाए र सहयोगका लागि दूतावासलाई धन्यवाद दिए।

ad
ad