१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने ‘चर्चित अनुहार’ : गगनदेखि सोवितासम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:२o:oo

गत वर्ष मंसिरमा भएको निर्वाचनको खर्च विवरण उम्मेदवारहरूले अझै सार्वजनिक गरेका छैनन्। कानुनअनुसार निर्वाचन आयोगमा खर्च विवरण बुझाएर उम्मेदवारले आफैं पनि सो विवरण सार्वजनिक गरी सार्वजनिक गरेको जानकारीसमेत आयोगलाई दिनुपर्छ। तर, अझै धेरै उम्मेदवारले खर्च विवरण सार्वजनिक गरेको जानकारी नदिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका कुल उम्मेदवारमध्ये करिब आधा उम्मेदवारले अझै खर्च विवरण सार्वजनिक गरेकाे जानकारी दिएका छैनन्। प्रतिनिधिसभाका दुई हजार चार सय ११ मध्ये एक हजार ३७ उम्मेदवार (४३ प्रतिशत) र प्रदेश सभाका तीन हजार दुई सय २५ मध्ये एक हजार नाै सय ९८ उम्मेदवार (करिब ६२ प्रतिशत)ले खर्च विवरण सार्वजनिक गरेको जानकारी दिएका छैनन्।

कतिपय चर्चित अनुहारहरूले नै खर्च विवरण सार्वजनिक नगरेका आयोगले जनाएको छ। नेपाली कांग्रेसका गगन थापा, एनपी साउद, रमेश लेखक, उमाकान्त, चौधरी, सन्तोष चालिसे, एमालेका राजन भट्टराई, शेरधन राई र माओवादी केन्द्रकी ओनसरी घर्ती, रास्वपाकी सोविता गौतम, पुकार बम  र गणेश पराजुली, जसपाका उपेन्द्र यादव र प्रदीप यादव, लोसपाका शरतसिंह भण्डारी र महन्त ठाकुर, राप्रपाका रवीन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेल तथा स्वतन्त्र उम्मेदवारहरू मिलन पाण्डे र रञ्जु दर्शनाले पनि खर्च विवरण  सार्वजनिक गरेका छैनन्।

खर्च विवरण आयोगमा बुझाएर सार्वजनिक गरी सार्वजनिक गरेको जानकारीसमेत आयोगलाई दिनुपर्छ। अन्यथा १५ हजार जरिवाना हुने कानुनी व्यवस्था छ।

ad
ad