१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ९ मंगलबार १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैन : चन्द्र ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार १३:५१:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालू आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने दाबी गरेका छन्।

मंगलबार न्युज एजेन्सी नेपालसँग राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिँदै उनले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्यभन्दा पनि अहिले कम गर्नु राम्रो नभएको तर्क गरे। ‘मौद्रिक नीतिले कर्जा विस्तारलाई ११.५ प्रतिशत गर्ने लक्ष्य राखेको छ। जसमा गत वर्षको मौद्रिक नीतिको लक्ष्यभन्दा पनि कम हो । सरकारको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन सक्दैन,’ उनले भने।

ढकालले निजी क्षेत्रका तीनवटा छाता संस्थाहरू उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रूपमा दिएका सुझावहरूको सम्बोधन नभएको बताए। निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा भए पनि निजी क्षेत्रको अपेक्षाअनुसार मौद्रिक नीति नआएको उनले प्रस्ट पारे।