मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ९ मंगलबार १३:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा चौथोपटक पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार १३:३७:oo

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान  (एनएफआरएस) प्रणालीअन्तर्गत प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष ०७८/७९ का लागि मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ।

यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक आर्थिक वर्ष ०७५/७६, ०७६/७७, ०७७/७८ र ०७८/७९ गरी लगातार चौथोपटक पुरस्कृत भएको हो। आइक्यानले ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ विभिन्न चार विधामा प्रस्तुत गरेको थियो। 

विधाहरूमा बैंकिङ क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरू), शक्ति र ऊर्जा क्षेत्र तथा निर्माण क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरूमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वाेकृष्ट पुरस्कार प्राप्त गरेको हो।

गत शुक्रबार काठमाडौंमा आइक्यानले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो। उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ।