
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रूपान्तरणका लागि एग्जिट पोलिसीको आवश्यकता रहेको बताएका छन्।
सोमबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। राजनीतिक दलहरूले एग्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने उनको भनाइ थियो।
उनले राजनीतिमा उमेर नभई एजेन्डा महत्वपूर्ण हुने भए पनि महत्वपूर्ण पदहरूमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको बताए।
कानुन हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गर्दै उनले एकपटक हारिसकेका व्यक्तिलाई सोभन्दा ठूलो पदमा सोही समयमा राख्न नसक्ने गरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।