१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:४५:oo

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटल प्रालि धनगढीबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशी र हस्पिटलका अध्यक्ष धीरेन्द्र सावदले हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात् आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई माया मेट्रो हस्पिटल धनगढीमा प्राप्त हुने एक्सरे, युएसजी, इकोलगायतका सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्राप्त हुने हुनेछ।

सो अवसरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशीले उक्त हस्पिटलसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबाट सहज रूपमा प्राप्त गर्न सक्ने जानकारी गराए।

ad
ad