१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

असारे विकासको विकल्प खोज्न जरुरी छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:o६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असारे विकासको विकल्प खोज्न आवश्यक भएको बताएका छन्। विकास बजेटको ठूलो हिस्सा आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले त्यसलाई बदल्नुपर्ने बताए।

६१औं इन्जिनियर दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले असारे विकासका कारण संरचना नटिक्ने र श्रोतको पनि सदुपयोग नहुने भएकाले यसलाइ बदल्नुपर्ने प्रष्ट पारे।

‘आन्तरिक श्रोत, साधन कम भएको हाम्रो देशमा विकास बजेट चालु खर्चको तुलनामा त्यसैपनि न्युन छ । त्यो बजेट पनि हामी समयमा खर्च गर्न सकिरहेका छैनौँ । विकास बजेटको ठूलो हिस्सा आषाढमा खर्च हुन्छ । आषाढमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउँछ, बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ श्रोतको पनि सदुपयोग नहुने यो विकासको प्रवित्तिलाई बदल्नैपर्छ,’ उनले भने।

सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीकाे भनाइ छ। सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तिब्रताका साथ अघि बढाइरहेको उनले उल्लेख गरे।

‘भ्रष्टाचारको कुरा गर्दै गर्दा त्रुटी एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने स्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, केही ऐनमा सुधार गर्ने विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्रीले भने।

ad
ad