१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण ३ बुधबार १o:१६:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार १o:१६:oo

हिजोआज अधिकांश मान्छेमा दाँत अडिने हड्डीको भाग सानो देखिएको छ । जसले गर्दा दाँत बांगोटिंगो हुने क्रम पनि बढ्दो छ । दाँत नअटाएर बाहिर वा भित्र उछिट्टिएको हुन्छ । कतिपय मानिसमा उम्रँदै दाँत बांगोटिंगो हुन्छ । 

बच्चालाई चिनीजन्य गुलियो खानेकुरा दिइन्छ । जसकारण, उम्रिँदै दाँत किराले खान्छ र हराउँछ । जसले गर्दा पनि बिग्रन्छ । बच्चामा औँला चुसिरहने बानी, मुख खोलेर सुत्ने बानी हुन्छ, नङ टोक्ने बानी, जिब्रो बाहिर–भित्र गर्ने क्रियाकलापले पनि दाँत बांगोटिंगो हुने र बाहिर निस्कने हुन्छ ।

अर्थोडोन्टिकको समस्या हुन सक्छ । बच्चाको हड्डीको विकास हुँदा दाँत उम्रिँदा बांगोटिंगो हुन सक्छ । समयमै सही उपचार गर्न सक्यो भने पनि हड्डी बढ्ने वेला समस्या नआउन सक्छ । १३–१४ वर्षको उमेरमा उपचार गर्नु उपयुक्त हुन्छ । 

उपचार 
- दाँतमा तार बाँध्ने विधिमार्फत उपचार गर्न सकिन्छ । यसलाई फिक्स अर्थोडोन्टिस भनिन्छ । नयाँ प्रविधिको उपचार पनि आएको छ । जुन तार बाँध्न नपर्ने हुन्छ, यसलाई एलाइनर भनिन्छ । यो चाहिएको वेलामा आफैँ निकाल्न पनि सकिन्छ । अन्य विभिन्न पद्धति पनि छन् । 

- एलाइनर विधिबाट उपचार गर्दा खानेकुरा अड्किने डर हुँदैन, बाहिर देखिँदैन । सुरुकोे अवस्थाको दाँत हेरेर नै उपचारपछि कस्तो हुन्छ भनेर थाहा पाउन सकिन्छ । त्यसैले एलाइनर उपचार पद्धति निकै प्रभावकारी छ । तर, यो केही महँगो छ । 

- सम्बन्धित विशेषज्ञसँग मात्रै अर्थोडोन्टिक उपचार गराउनुपर्छ । दाँतको अवस्थाको परीक्षण गरेर एक्सरे, दाँतको नाप, मुखबाहिर र भित्रका तस्बिर लिएर दाँतको जटिलताका आधारमा उपचार सुरु गरिन्छ ।