१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२o८o श्रावण १ सोमबार ११:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२८ दिनपछि हेवा खोलामा बेलीब्रिज जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८o श्रावण १ सोमबार ११:१९:oo

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको मेची राजमार्ग आइतबारदेखि पूूर्ण रूपमा सञ्चालनमा आएको छ । ३ असारमा आएको बाढीले मेची राजमार्गअन्तर्गतको हेवा खोलाको पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायात अवरुद्ध थियो । 

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले पुल बगाएको चार सातामा बेलीब्रिज जडान गरेको बताए । यद्यपि, तत्कालीन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मन्त्री प्रकाश ज्वाला र विभागले दुई सातामै बेलीब्रिज जडान गर्ने लक्ष्य लिएका थिए । तर, काम गर्दै जाँदा ढिला भएको बिभागको भनाइ छ । 

पुल बगेलगत्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले क्षतिग्रस्त क्षेत्रमा पुगेर तत्काल निर्माण सक्न निर्देशन दिएका छन् । मन्त्रीले निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा आएको छ ।निरन्तरको वर्षाले समयमा काम गर्न नदिए पनि २८ दिनभित्र नयाँ बेलिब्रिज निर्माण गरी आइतबारदेखि सवारीसाधन सुचारु गरिएको महानिर्देशक ढकालले बताए । महानिर्देशक ढकाल दुईपटक बाढी प्रभावित क्षेत्रमा गएका थिए । बेलिब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो ।