१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २४ सोमबार १७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खुकुरी देखाएर मोबाइल लुटपाट गर्ने दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:३o:oo

कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणीकी एक महिलाको मोबाइल लुटपाट गर्ने दुई युवक पक्राउ परेका छन्। २४ असार साँझ ९ बजेतिर वाणीकी २१ वर्षीया अनारकली चौधरीको मोबाइलसहितका सामान लुटपाट गर्ने दुई युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार अनारकलीको रेड्मी कम्पनीको मोबाइलसहितका सामान लुटपाट गर्ने भीमदत्त नगरपालिका– १३ पिपैयाका २१ वर्षीय दीपक चदारा र दोधाराचाँदनी– १ चाँदनीका २२ वर्षीय अर्जुन सुनार पक्राउ परेका हुन्।

सुपप्र ०२००३ प  ६५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले धान रोपेर घर फर्किरहेकी अनारकलीलाई खुकुरी देखाएर मोबाइल लुटपाट गरेका थिए। उनीहरूले अनारकलीलाई कुटपिटसमेत गरेका थिए। उनीहरूको साथबाट खुकुरी र मोटरसाइकलसमेत बरामद गरेको डाँगीले बताए।

ad
ad