Skip This
भुक्तानी नदिएको भन्दै राजविराज नगरपालिकामा तालाबन्दीसहित धर्ना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Friday, 26 July, 2024
सौरभ यादव राजविराज
२o८o असार २५ सोमबार २o:३९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भुक्तानी नदिएको भन्दै राजविराज नगरपालिकामा तालाबन्दीसहित धर्ना

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o असार २५ सोमबार २o:३९:oo

निर्माणको काम सकिए पनि भुक्तानी नदिएको भन्दै उपभोक्ता समिति र विभिन्न फर्मका सञ्चालकहरू सोमबार राजविराज नगरपालिकामा तालाबन्दी गर्दै धर्नामा बसेका छन्।

सडक, सामुदायिक भवन, मठमन्दिर, पोखरीघाट प्रवेशद्वारा, विद्यालय भवन, नाला निर्माणलगायतका योजनामा काम गरेबापतको भुक्तानी दिनुपर्ने रकम नदिएको भन्दै आक्रोशित उनीहरू तालाबन्दी र नाराबाजी गर्दै धर्नामा बसेका हुन्।

‘मैले गरेका कामको फायल कार्यबाहक नगरपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र योजना तथा लेखा फाँटका कर्मचारीलाई पाँच दिनअघि नै दिएर पटक-पटक अनुगमनका लागि आग्रह गरेँ,’ उपभोक्ता समितिका अध्यक्ष विनोद यादवले भने, 'तर अन्तिम समयमा आएर अनुगमन नै नभएको भन्दै भुक्तानी रोकेर दुःख दिने काम भएको छ।’

आफूहरूको भुक्तानी नहुन्जेलसम्म कार्यालयको तालाबन्दी र धर्ना यथावत् रहने स्थानीय नेता लक्ष्मण यादवले बताए।

समयमै काम गरिदिँदा पनि भुक्तानी नहुँदा आफूहरूले सुनचाँदी र जग्गा नै धितो राखेर उधारो लिएको निर्माण सामग्रीको भुक्तानी गर्नुपर्ने अवस्था आएको उपभोक्ता समितिका पदाधिकारीहरूले गुनासो गरेका छन्। 

कार्यबाहक नगरप्रमुख र कर्मचारीहरूले आफ्ना आसेपासे र मागेअनुसारको कमिसन दिएकाहरूको रकम भुक्तानी तत्कालै दिएको तर आफूहरूले कमिसन नदिएकै कारण रकम फ्रिज गराउन खोजेको अधिकांश उपभोक्ता समितिका पदाधिकारीहरूले गुनासो गरेका छन्।

कार्यबाहक नगरप्रमुख इसरत परविनले ढिलो गरी कागजात ल्याएको, कतिपयको काम अधुरो रहेको र कतिपयले अन्तिम समयमा मात्र फायल पेस गरेकाले सबै ठाउँमा अनुगमन गर्न सम्भव नहुँदा भुक्तानी दिन समस्या भएको बताइन्। उनले भुक्तानी रोकिएकाहरूका समस्यामा आफू पूर्ण जानकार रहेको र समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाएकी छिन्।