१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २५ सोमबार
  • Thursday, 04 July, 2024
२o८o असार २५ सोमबार १३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खानेपानीको मुहान संरक्षण गर्न धनकुटामा वृक्षरोपण अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २५ सोमबार १३:१२:oo

धनकुटामा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान सुरु गरिएको छ। धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षरोपण अभियान थालिएको हो।

मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चिन्तन तामाङले बताए। ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण थालेका छौँ। यसलाई अभियानकै रूपमा अघि बढाउँछौँ,’ मेयर तामाङले भने, ‘अब हरेक साता वृक्षरोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौँ।’

अभियानको पहिलो दिन धनकुटा नगरपालिका– १ स्थित विद्युत् प्राधिकरणको जग्गा, आइतबारे रानीवन, चञ्चलेश्वर महादेव मन्दिर क्षेत्र र आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिएको छ। यी क्षेत्रमा धुपी, कल्की र उत्तिसका करिब एक हजार तीन सय बिरुवा रोपिएको उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले बताए।

वृक्षरोपणका लागि धनकुटाका विभिन्न स्थानबाट करिब तीन सय मानिस भेला भएका थिए। अर्को हप्ता आइतबारे मुहान क्षेत्रमा वृक्षरोपण गरिँदै छ। सो क्षेत्रमा करिब तीन हजार पाँच सय बिरुवा रोप्ने योजना छ।

खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण अभियान थालिएकाले सहभागी हुन उपभोक्ता समितिले सबैमा आह्वान गरेको छ। तीन हजार तीन सय परिवार खानेपानीका उपभोक्ता रहेको धनकुटामा दैनिक ३० लाख लिटर पानी खपत हुने गरेको छ। विभिन्न जलाधार क्षेत्रबाट पानी ल्याई धनकुटाको सल्लेरी, स्कुलडाँडा, कागते र निगालेको ट्यांकीमा जम्मा गरेर पानी वितरण गर्ने गरिएको छ।

ad
ad
ad
ad