१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा एमाले कायमै छ : पदम गिरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:३५:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ। 

एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् रहेको प्रस्ट्याएका हुन्। आइतबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

मुलुकको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य नहुने पटक-पटक दोहोर्‍याएका गिरीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति संसदमा उभिएर माफी मागे संसद् सुचारु गराउन भने सकिने धारणा राखे।

‘सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिबाट निर्वाचित भएको प्रधानमन्त्रीले म संसद्ले होइन, दिल्लीबाट प्रधानमन्त्री भएको हुँ भन्ने आशयको अभिव्यक्ति दिनु, दिल्लीको कुनै एउटा व्यापारीले मलाई प्रधानमन्त्री बनाउनका लागि दिल्लीमा लबिङ गर्नुभयो भन्ने जुन अभिव्यक्ति आयो। यो निश्चित रूपमा नेपालको राजनीतिक इतिहासमा साह्रै दुर्भाग्यपूर्ण घटना हो। यसले सिंगो ३ करोड नेपाली जनताको शिर निहुरिएको छ। लज्जाबोध भएको छ। र, यस्तो व्यक्ति देशको प्रधानमन्त्रीको रूपमा रहनु भनेको सिंगो राष्ट्रका लागि पनि दुर्भाग्य हो,’ उनले भने।

प्रमुख सचेतक गिरीले सरकारले मिटरब्याजपीडितहरूको समस्या समाधान गर्न नभई देखाउनका लागि मात्र संसदमा विधेयक ल्याएको दाबी गरे।

ad
ad