१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पुँजी बजार फोरमको सदस्यमा ढकाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:१६:oo

पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्षसमेत रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमको सदस्यमा चयन भएका हुन् ।

नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई उक्त फोरमका सभापति शैलेन्द्र गुरागाईंको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् ।  ढकाल भर्खरै मात्र धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३०) का अध्यक्ष हुन् ।  

आफू पुँजी बजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोबल उकास्दै नेपालको सेयर बजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने बताए । ‘हितग्राही खाताका आधारमा ५६ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको सेयर बजार अहिले शिथिल भएको छ,’ उनले भने, ‘आगामी दिनमा लगानीकर्ताको मनोबल उच्च बनाउँदै सेयर बजारको वृद्धि र विकासमा लाग्नेछु ।’  

ad
ad