१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:१२:oo

खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि शनिबार जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

१६ महिनादेखि पाँच वर्षमुनिका सबै बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै प्रकारका (१३ किसिमका) खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।

‘पूर्ण खोप अभियानका क्रममा जिल्लाका २२ जना बालबालिकाले अहिलेसम्म एउटै पनि खोप नलगाएको तथा ५० जना बालबालिकाले खोपको मात्रा छुटाएको पाइएको थियो। उनीहरूसहित १६ हजार ५०५ जना बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको खोप लगाइएको छ,’ उनले भने, ‘खोपले जीवन र पैसा दुवै बचाउँछ। त्यसैले आगामी दिनमा पनि सबै बालबालिकालाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन हामी सबैको उत्तिकै भूमिका हुन्छ। सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ।’

आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्ने, कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयुक्त रूपमा हस्ताक्षरसमेत गरिएको छ। जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको घोषणा सभामा प्रमुख अतिथि संविधानसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य दुर्गाजयन्ती राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेकी हुन्।

सो अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थालगायतलाई सम्मानसमेत गरिएको छ। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं संविधासभा सदस्य राईले अबिर लगाएर प्रमाणपत्रसहित सम्मान गरेकी छिन्।

घोषणासभा कार्यक्रमका वक्ताहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

ad
ad