१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २२ शुक्रबार
  • Wednesday, 26 June, 2024
रएडान याओ
२o८o असार २२ शुक्रबार o८:११:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

चीन–अमेरिका बढ्दो टकराव विश्वका लागि हुनेछ घातक

चीन र अमेरिकाबीचको आर्थिक साझेदारीविना विश्वव्यापीकरण कमजोर बन्छ

Read Time : > 2 मिनेट
रएडान याओ
नयाँ पत्रिका
२o८o असार २२ शुक्रबार o८:११:oo

चीन–अमेरिका सम्बन्धमा विकसित भईरहेका पछिल्ला घटनाक्रमले वित्तीय बजारमा अन्योलता सिर्जना गरेको छ । एकातर्फ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणले लामो समयदेखिको आधिकारिक सञ्चारको रिक्ततालाई अन्त्य गर्दै तनाव कम हुने आशा जगाएको छ । अर्थमन्त्री जेनेट यलेनको निर्धारित ‘फलोअप’ भ्रमणसँगै द्विपक्षीय सम्बन्ध इन्डोनेसियाको राजधानी बालीमा दुई देशका राष्ट्रपतिले गरेको सहमतिको बाटोमा फर्कन सक्ने अपेक्षाले बजारलाई राहत दिलाएको छ ।

यद्यपि, अहिलेसम्म यी कूटनीतिक प्रयासहरू अमेरिकालाई चीनबाट अलग(डी–कपल) गर्ने उद्देश्यका साथ ल्याइएका नयाँ आर्थिक नीति निस्तेज पार्न भने असफल भएका छन् । ह्वाइट हाउसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विकासका लागि चाहिने सेमिकन्डक्टरमा चीनको पहुँचमा पुग्न नदिन र चीनमा अमेरिकी लगानी (निजी एवं सामूहिक पुँजी लगानी) सीमित गर्न नयाँ उपायमाथि विचार गरिरहेको छ । यी मिश्रित संकेतले चीनप्रतिका अमेरिकी नीतिमा तालमेलको अभावलाई प्रतिबिम्बित गर्छन् र यसले बजारलाई विश्वस्त हुने वातावरण दिएको छैन । 

चाहे ‘डिकप्लिङ’होस् वा ‘डि–रिस्किङ’, लगानीकर्ताहरू शब्दजालबाट झुक्किनुहुँदैन । वास्तविकता यी दुई अर्थतन्त्रको दूरी राजनीतिक शक्तिले दूरी बनाएका हुन् र यस प्रवृत्ति चाँडै नै उल्टिने सम्भावना छैन । अमेरिकाको राजनीतिक वर्ग पछिल्ला नीतिहरू अमेरिकी अर्थतन्त्रलाई सुरक्षित, थप लचिलो र चीनमाथि कम निर्भर बनाउदै ‘जोखिम घटाउने’ प्रक्रिया भएको विश्वास गर्छ । दुःखको कुरा, राजनीतिज्ञहरू अर्थशास्त्री होइनन् र तिनको कथित ‘जोखिममुक्त’ बनाउने नीतिले लक्षित उद्देश्यको ठीक विपरीत परिणाम हासिल गर्नसक्छ । मैले यो विरोधाभासलाई अमेरिका–चीन असहमतिका तीन मुख्य क्षेत्रका रूपमा व्याख्या गरेको छु– अर्थव्यवस्था, प्रविधि र वित्त ।

आर्थिक वृत्तमा अमेरिका विश्वको सबैभन्दा ठूलो उपभोक्ता हो भने चीन विश्वको सबैभन्दा ठूलो उत्पादक हो । उनीहरूको आर्थिक साझेदारी विश्वव्यापीकरणको मेरुदण्ड रहिआएको छ, जसले तीन दशकभन्दा बढी समयदेखि सशक्त र मुद्रास्फीतिमुक्त आर्थिक वृद्धिलाई सम्भव बनाएको छ । मुद्रास्फीति नियन्त्रणमा विशेषगरी चीनको महत्वपूर्ण योगदान रहेको छ । चीनले आफ्ना उत्पादन पठाएर विश्वका उपभोक्तालाई खर्च गर्न र केन्द्रीय बैंकहरूलाई मूल्यवृद्धिको चिन्ता नगरी बजार चलायमान बनाइराख्न सुविधा प्रदान गरेको छ । यसले स्फीति उल्लेखनीयस्तरमा घटाउन मद्दत गरेको छ ।

चीन र अमेरिकाबीचको आर्थिक साझेदारीविना विश्वव्यापीकरण कमजोर बन्छ   
 

अहिले, त्यस सम्बन्धको विच्छेदले ती लाभ उल्ट्याउन सुरु गरेको छ । अमेरिका–चीन व्यापार युद्ध र अन्य विकसित देशमा व्यापक रूपमा मौलाउँदो संरक्षणवादले पछिल्ला वर्षमा जिडिपीमा व्यापारको अनुपातले मापन गरिएको विश्वव्यापीकरणलाई शिथिलतातर्फ लगेको छ । 

मूल्यको मोर्चामा चीनको अतिरिक्त आपूर्तिमा रोक नलगाई अब अमेरिका र युरोपको अतिरिक्त माग रोकिने छैन । तसर्थ, अमेरिकाको मुद्रास्फीतिले दशकौँपछि पहिलोपटक आफ्नो टाउको ठड्याएको छ जबकि चीनमा अब स्फीति समस्या भएको छ । यी मूल्य घटना (केही हदसम्म डि–ग्लोबलाइजेसनका कारण)ले गर्दा धेरै देशले आफ्नो आर्थिक बुनोटमा पुनर्विचार र केन्द्रीय बैंकहरूले नीति ढाँचा परित्याग गर्नुपर्ने हुन सक्छ । 

प्रविधिमा अमेरिका विश्वको प्रमुख आविष्कारक हो । अमेरिका नवीनतामा उत्कृष्ट छ, शून्यलाई एक बनाउने सामथ्र्य राख्छ । अर्कोतर्फ, चीन संसारको कारखाना हो, ऊसँग एकलाई विस्तार गर्ने अद्वितीय क्षमता छ । प्रविधिमा यी दुईबीचको सहकार्य पूर्वनिर्धारित जस्तो लाग्छ, उनीहरूको सहकार्यले एप्पल र टेस्लाजस्ता अत्यन्त सफल कम्पनी चलिरहेका छन्, जसले अमेरिकी प्रयोगशालामा नवप्रवर्तन गर्छन्, ती नवप्रवर्तनलाई चीन पठाएर गुणस्तरीय र सहुलियत मूल्यका उत्पादनमा परिणत गर्छन् । 

यो सम्बन्ध–विच्छेदले विश्वको प्रविधिगत प्रगतिलाई उल्ट्याउनेछ । चीनको म्यानुफ्याक्चरिङ क्षमताबिना थोरै मात्र अमेरिकी आविष्कारहरूले सफलताको मौका चुम्न र आमउत्पादनमा परिणत हुने अवसर पाउँछन् । समान रूपले चीनको उत्पादन गर्ने क्षमता पनि अमेरिकाका नयाँ आविष्कारमा पहुँच नपाए उपयोगहीन हुनेछ । यस सहनिर्भरताको विघटनले केही महत्वपूर्ण प्रविधिमा द्विध्रुवीय विश्वतर्फ डोरिन सक्छ । परिणामतः आर्थिक अक्षमता र राष्ट्रिय सुरक्षामा खतरा हातलागी हुन सक्छन् । 

अन्तमा, वित्तीय क्षेत्रमा अमेरिका विश्वको सबैभन्दा ठूलो ऋणग्राही हो भने चीन सबैभन्दा ठूलो वचतकर्ता रहेको छ । फेडले परिमाणात्मक खुकुलोपन (क्वाइन्टिटेटिभ इजिङ ‘क्युई’)को सिद्धान्त अपनाउनुअघि अमेरिका उसका दुईवटा घाटाको वित्तपोषण गर्न चीनमा निर्भर थियो भने चीन आफ्नो बचत उपयोग गर्न अमेरिकाको पुँजी बजारमा निर्भर भयो । तर, क्युईले त्यो सन्तुलनमा परिवर्तन ग¥यो किनकि अमेरिकालाई आफ्नो वित्तीय खाडल पुर्न चीनको आवश्यकता अब पर्न छोड्यो, फेडलाई धमाधम पैसा छाप्न आदेश दिए पुग्ने भयो ।

यसबाहेक, अमेरिकी सरकारले धेरै चिनियाँ कम्पनीलाई अमेरिकामा लगानी गर्न नपाउने प्रतिबन्धको सूचीमा समावेश गरेको छ । चिनियाँ एडिआर (अमेरिकन डिपोजिटरी रिसिप्ट्स)हरूलाई आफ्नो स्टक बजारबाट असूचीकृत गर्ने प्रयास गरेको छ । चिनियाँ कम्पनीहरूलाई अमेरिकाको डलर स्विफ्ट प्रणाली प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने धम्की दिइरहेको छ । प्रतिक्रियास्वरूप चीनले अन्तर्राष्ट्रिय व्यापारमा आफ्नै मुद्राको प्रयोगलाई तीव्रता दिएको छ भने अमेरिकामा सूचीकृत कम्पनीलाई स्वदेश फर्किएर सांघाई र हङकङमा सूचीकृत हुन प्रोत्साहित गरेको छ ।

त्यसकारण अधिकांश बजारका लागि वित्तीय सम्बन्धविच्छेद वास्तविक र गम्भीर रूपले परिणामकारी रहेको छ । विगतका दशकमा चीन र अमेरिकाबीचको आर्थिक, वित्तीय तथा प्रविधिगत साझेदारी शान्ति र समृद्धिका लागि महत्वपूर्ण थियो भन्ने विश्वास गर्ने हो भने पछिल्ला वर्षमा सम्बन्ध जुन दिशातर्फ गइरहेको छ, त्यसप्रति उनीहरू चिन्तित हुनुपर्छ । यस सन्दर्भमा सम्बन्धमा आइरहेको चिसोपन कम गर्ने कुनैपनि प्रयास स्वागतयोग्य हुन्छ । यी दुई देशबीचको सम्बन्धको चिसोपनले उनीहरूको र समग्रमा विश्वका जोखिम घटाउने होइन, बढाउँछ मात्रै  । 
 चाइनाडेली 

ad
ad
ad
ad