१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Monday, 01 July, 2024
द इकोनोमिस्ट
२o८o असार २० बुधबार १o:१९:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

ऋषि सुनकको महत्वाकांक्षी ‘स्वास्थ्य सुधार योजना’

Read Time : > 3 मिनेट
द इकोनोमिस्ट
नयाँ पत्रिका
२o८o असार २० बुधबार १o:१९:oo

बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘स्वास्थ्य जनशक्ति सुधार योजना’ प्रधानमन्त्रीका रूपमा आफूले गर्न लागेको सबैभन्दा महत्वपूर्ण काम भएको बताएका छन् । सुनक सरकारले इंग्ल्यान्डको ‘राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)’ का लागि गत ३० जुनमा ‘दीर्घकालीन कार्यबल योजना’ प्रकाशित गरेको हो । एनएचएसको ७५ वर्षको इतिहासमा यस्तो योजना ल्याइएको यो नै पहिलोपटक हो ।

सन् २०३२ अगावै चिकित्सा अध्यापन गराउने संस्था र नर्स प्रशिक्षण स्थलहरूको संख्या दोब्बर बनाउने योजनाले साहसिक लक्ष्यमा सरकारको प्रतिबद्धता देखाउँछ । योजनाले मौजुदा कर्मचारीलाई टिकाउनेमा केन्द्रित हुँदै कर्मचारीको प्रशिक्षण र काम गराइमा सुधारलाई पनि ध्यानमा राखेको छ । एनएचएससँग अहिले १४ लाख स्वास्थ्यकर्मी छन् । उसको यो योजना स्वागतयोग्य छ । तर, आफ्नो इतिहासकै ठूलो जनशक्ति संकटको सामना गरिरहेको अवस्थामा उसका लागि यो पनि पर्याप्त होइन ।

एनएचएसले आफ्नो सुरुवात भएको सन् १९४८ को जुलाई ५ देखि नै कर्मचारीको अभाव झेलिरहेको छ । त्यसैले एनएचएसका समस्याको समाधान सहज, छरितो र सस्तो भने हुनेछैन । पाँच वर्षको चुनावी चक्रलाई ध्यानमा राख्ने राजनीतिज्ञहरूले दशकौँसम्म फाइदा पुर्‍याउने दीर्घकालीन योजना बनाउन कठिन हुन्छ । यसैले जनशक्ति योजनाहरू जहिल्यै अल्पकालीन आवश्यकताहरू पूरा गर्नमा केन्द्रित हुने गरेको छ ।

डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर अहिले केमा ध्यान केन्द्रित गर्ने भनेर प्राथमिकताहरू निर्धारण गर्न समर्थ भएको छ, तर आवश्यक कोषका लागि भने अर्थमन्त्रालयकै भर पर्नुपर्नेछ । यद्यपि यस्तो कदम चाल्नु अत्यावश्यक भइसकेको थियो । पहिले नै एनएचएसमा एक लाख १२ हजार कामदारको कमी छ । न्यून जनशक्तिका कारण, कामको अत्यधिक बोझ रहेका नर्स, डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई ठूलो दबाबमा रहने र धेरैले काम छोड्न बाध्य हुने गर्छन् ।

कार्यबोझ र तनावका कारण कर्मचारीहरूमा बिरामी हुने दर ऐतिहासिक रूपमा उच्च बनेको छ । यसैले स्वस्थ्य क्षेत्रले इतिहासमै धेरै हडताल सामना गर्नु परिरहेको छ । विशेषज्ञ चिकित्सकहरूले जुलाईमा हडताल गर्ने भनिसकेका छन् । ३० जुनमा रेडियोग्राफरहरूले तलबवृद्धिको माग गर्दै हडताल गर्ने बताइसकेका छन् । जनशक्ति अभाव (साथै कोभिड–१९ र अन्य) उपचारको प्रतीक्षा सूची लम्बिनुको एउटा कारण हो । अहिले ७४ लाख प्रकृया (परीक्षण एवं जाँच, अप्रेसन आदिका) प्रतीक्षा सूचीमा छन् । यो अहिलेसम्मै ठूलो प्रतीक्षा सूची हो ।

काम छोड्ने कर्मचारीको संख्या उच्च रहेकाले  योजनाले मौजुदा कर्मचारीलाई टिकाउनेमा केन्द्रित हुँदै कर्मचारीको प्रशिक्षण र काम गराइमा सुधारलाई पनि ध्यानमा राखेको छ

एनएचएसले आगामी दशकमा स्वास्थ्य जनशक्तिको अभाव अझ खराब हुने प्रक्षेपण गरेको छ । सन् २०३६–३७ सम्ममा एनएचएसमा दुई लाख ६० हजारदेखि तीन लाख ६० हजार कर्मचारीको अभाव हुने आकलन छ । किनकि आगामी वर्षहरूमा बेलायतको जनसंख्या थप बढ्नेछ, वृद्ध, मोटो र रोगी हुने निश्चित छ । 

जनशक्ति अभावमा के गर्न सकिन्छ त ? एनएचएस बढ्दो रूपमा एजेन्सी कामदारमा निर्भर हुँदै गएको छ । तर, यो दिगो हुँदैन । उसले यसमा सन् २०२१–२२ मा मात्रै करिब तीन अर्ब पाउन्ड (चार अर्ब डलर) खर्च गरेको थियो । अन्तर्राष्ट्रिय रूपमा स्थायी कामदार भर्ती गर्नु नै उपयुक्त उपाय हो । विशेषगरी ब्रेक्जिटपछि फिलिपिन्स र नाइजेरियाजस्ता देश बेलायतका लागि स्वास्थ्य जनशक्तिका ठूला आपूर्तिकर्ता रहेका छन् । तर, धनी देशहरूको जनसंख्या बढ्दै जाँदा स्वास्थ्य क्षेत्रका जनशक्तिमा विश्वव्यापी प्रतिस्पर्धा पनि बढ्दै गएको छ ।त्यसैले धेरैभन्दा धेरै बेलायतीलाई तालिम दिन आवश्यक छ । यस योजनाअन्तर्गत सरकारले आगामी ६ वर्षमा अतिरिक्त शिक्षा र तालिमका लागि थप दुई अर्ब ४० करोड पाउन्ड उपलब्ध गराउने घोषणा गरेको छ । अहिले बेलायतमा एकजना नर्सलाई तालिम दिन ६० हजार पाउन्डभन्दा बढी खर्च हुन्छ र सामान्यतया एकचौथाइ प्रशिक्षार्थी नर्सले बीचमै अध्ययन छोड्ने गरेका छन् । 

पहिले मेडिकल अध्ययन संस्थाहरूको संख्या तोक्दा बेलायती विद्यार्थीहरू युक्रेन र जर्जियाजस्ता ठाउँमा अध्ययन गर्न विदेश जाने गरेका थिए । तीमध्ये केहीले अब घरमै बसेर प्रशिक्षण लिन सक्छन् । सन् २०१७ यता बेलायतमा तालिम लिने र श्रमशक्तिमा सामेल भएका मेडिकल स्नातकहरूको संख्यामा दुई प्रतिशतले वृद्धि भएको उल्लेख छ । तर, मेडिकल अध्ययनका लागि विदेश जानेको संख्यामा १२१ प्रतिशत वृद्धि भएको छ । 

काम छोड्ने कर्मचारीको संख्या उच्च रहेकाले विद्यमान कर्मचारीलाई टिकाउने तरिका पहिल्याउनु पनि महŒवपूर्ण हुनेछ । कामको वातावरणलाई थप लचिलो बनाउने र मनोबल बढाउने उपाय पत्ता लगाउने हो भने ठूलो मद्दत हुनेछ । हाकिमहरूले कर्मचारीहरूको कुरा बढी सुन्न थाले भने पनि सकारात्मक प्रभाव पर्नेछ । ‘स–साना परिवर्तनले पनि ठूलो प्रभाव पार्न सक्छ । सुधार रकेट साइन्स होइन,’ मिल्टन केन्स युनिभर्सिटी अस्पतालकी वरिष्ठ प्रबन्धक एवं फ्लेक्स एनएचएसकी सह–संस्थापक केट जर्मन भन्छिन्, ‘उदाहरणका लागि, मिल्टन केन्सले कर्मचारीका लागि निःशुल्क पार्किङ प्रदान गर्छ ।’ उनको विचारमा यस्ता कुराले कर्मचारीको मनोबलमा वृद्धि गर्छ ।

यी सबै कुराले कर्मचारीहरूको अपेक्षित कमीलाई पूरा गर्न मद्दत गर्नेछ । तर, जनशक्तिको संख्या मात्रै चिन्ताको विषय होइन । अस्पतालको बजेटको दुईतिहाइ खर्च कर्मचारीमा खर्च भइरहेको छ । तसर्थ, श्रमिकलाई बढी उत्पादनशील बनाउनु अर्काे ठूलो आवश्यकता हो । प्रविधिलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्ने कुरा पनि छ । यसबाहेक, निरोधात्मक र निवारक हेरचाहको खर्च बढी प्रभावकारी हुने दुर्घटना र आपत्कालीन सेवामा पनि थप स्रोत छुट्याउनु उचित हुन्छ ।

नयाँ योजनाले सामान्य चिकित्सक (जिपी) तथा पारिवारिक चिकित्सक प्रशिक्षण स्थलहरूको संख्यामा ५० प्रतिशत वृद्धि गर्ने प्रतिज्ञा गरेको छ । तर, पहिले नै कार्यबोझ रहेका जिपीहरूले तिनकोे अनुगमनका लागि कसरी समय निकाल्छन् भन्नेबारे भने योजनाले केही बोलेको छैन । यसैले, ‘जनशक्ति योजना’ ठूलो समस्याको सामना गर्नेतर्फको एउटा सानो तर स्वागत योग्य सुरुवात हो । सुनक यसको केही श्रेयका हकदार छन् । तर, अगाडि थुप्रै काम गर्न बाँकी छ । 

 

ad
ad
ad
ad