१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नरैनापुरमा १५४ महिलाको पाठेघर परीक्षण गर्दा ६ मा क्यान्सर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:३७:oo

नरैनापुर गाउँपालिकाका महिलामा पाठेघर मुखको क्यान्सरको समस्या देखिएको छ । गाउँपालिकाका महिलाको पाठेघरको जाँच गर्दा यस्तो समस्या देखिएको हो । त्यहाँका एक सय ५४ जनाको पाठेघरको परीक्षण गर्दा ६ जना महिलाको पाठेघरमा क्यान्सर पोजेटिभ फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी अधिकृत दुर्गा गौतमले जानकारी दिइन् । उनले थप १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको बताइन् । 

‘भिआइए (दृश्य निरीक्षण कार्य) प्रविधिबाट पाठेघरको जाँच गर्दा ८–१० प्रतिशत महिलामा क्यान्सर हुने सम्भावना देखिएको छ,’ उनले भनिन् । महिलामा पाठेघरको मुखको क्यान्सर हुने समस्या देखिएपछि पालिकाले महिलाको स्तन, मुख र पाठेघरका क्यान्सर परीक्षण गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान, सरसफाइमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौनसम्पर्क राख्ने तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना धेरै रहेको बताइन् । उनले समयमै क्यान्सर पत्ता लाग्न सकेको खण्डमा जोखिम कम गर्न सकिने स्पष्ट पारिन् । 

 

ad
ad