१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २० बुधबार
  • Saturday, 21 September, 2024
२o८o असार २० बुधबार o८:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल आठौँ स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २० बुधबार o८:४८:oo

एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपाल आठौँ स्थानमा रह्यो । हरारेमा सातौँ र आठौँ स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भयो । हारसँगै नेपालले एकदिवसीय ग्लोबल छनोटमा आठौँ स्थानमा रही यात्रा टुंग्याएको हो । टेस्ट राष्ट्र आयरल्यान्ड सातौँ स्थानमा रहेको छ । विश्वकप छनोटमा नेपालले समूह ‘ए’मा चार खेलमा तीन हार र एक जित निकालेको थियो । समूह चरणमा नेपालले अमेरिकालाई मात्र ६ विकेटले हराएको थियो । नेपाल जिम्बावेसँग आठ विकेट, वेस्ट इन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।

पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६८ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो । प्रत्युत्तरमा आयरल्यान्डले ४९.२ ओभरमा आठ विकेट गुमाएर दुई सय ६९ रन बनायो । आयरल्यान्डलाई अन्तिम ओभरमा पाँच रन आवश्यक थियो । नेपालका लागि अन्तिम ओभरमा गुल्सन झाले बलिङ गरेका थिए । इनिङ्सको ४९.१ ओभरमा डेलानीले एक रन लिए । ४९.२ ओभरमा म्याकक्याथीले चौका प्रहार गर्दै आयरल्यान्डलाई दुई विकेटको जित दिलाए । खेलमा आयरल्यान्डका काउटिस क्यामफेर म्यान अफ दी म्याच भए । उनले ब्याटिङमा ५९ बलमा ६२ रन बटुले । बलिङको क्रममा उनले १५ रन खर्चेर एक विकेट हात पारे । आयरल्यान्डको जितमा ह्यारी टेक्टरले ७६ बलमा चार चौका र दुई छक्काको सहयोगमा ६० रनको योगदान दिए । 

गुल्सनको ५७ रन 
यसअघि, नेपालको ब्याटिङमा अलराउन्डर गुल्सनले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४२ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । यसैगरी, सन्दीप लामिछाने ३० बलमा ३२ रन बनाए । उनले तीन चौका र एक छक्का हिर्काए । सन्दीप र गुल्सनले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरे । यी दुईबीचको साझदोरी नेपालको एकदिवसीय इनिङ्समा आठौँ नम्बरका लागि भएको उच्चतम साझेदारी हो । यसअघि आइतबार मात्र युएईविरुद्ध दीपेन्द्रसिंह ऐरी र सन्दीपले आठौँ विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । 

विकेटकिपर अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । अर्जुनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरेका थिए । रोहितले ३५ बलमा दुई चौका र एक छक्काको सहयोगमा
२९ रन बनाएका थिए । कुशल मल्लले ४४ रन बटुल्न ३८ बलमा पाँच चौका र दुई छक्का हिर्काए ।