१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘नागरिकता नपाउँदा चित्त दुखेर कागजपत्र च्यात्ने अवस्थामा पुगेको थिएँ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:२६:oo

धेरै पटक जोशुवा लाल नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय गुल्मी पुगे । उमेरले नागरिकता पाउने बेला पुगेपछि नागरिकता खोज्नु स्वभाविक हो । तर,  उनले नागरिकता पाउन सकेनन् । नागरिकता ऐनको चर्चासँगै पछिल्लो समय पुनः प्रशासन पुगेका २२ वर्षीय जोशुवा लालसँग प्रशासनले ऐन कार्यान्वयनको आशा देखायो र थप कागजपत्र माग्यो । निराश भएका जोशुवाले सिडिओको अगाडी नै शैक्षिक कागजपत्र च्यातिदिन बताए।

‘केहि गर्छु भन्ने उमेरमा अनागरिक हुँदा असाध्यै चित्त दुखेर डकुमेण्ट च्यात्छु भनेँ। कार्यालयले केहि आशा देखाएकाले मन बुझाएँ,’ उनले भने, ‘अहिले नागरिकता पाउँदा खुसी नहुने कुरै भएन।’ उनले सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट जन्मस्थानका आधारमा नागरिकता प्राप्त गरे। छोराले नागरिकता पाउँदा जोशुवाका बुबा कैलाशप्रसाद लाल झनै खुसी देखिन्थे। किनकी कैलाशले पनि छोराको नागरिकताको लागि धेरै प्रयास गरे। नागरिकता नपाउँदा लालले छोराले हरेक पटक सोधेका प्रश्नको उत्तर दिन सक्थेनन्।

सोमबार प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नागरिकता दिएपछि कैलाशले छोरालाई नागरिकतासंगै आशिर्वाद दिन आग्रह गरे। ‘कस्तो बिडम्बना ! नागरिकता पाउँदा पनि खुसीले उफ्रनु पर्ने । धेरै अफ्ठ्याराको सामना गरेका छौ,’ उनले भने, ‘छोरालाई नागरिकतासँगै आशिर्वाद दिनुस्।’ 

जोशुवाको जन्मस्थान बारा जिल्लाको कलैया उपमहानगरपालिका– ८ हो। उनी लामो समयदेखि गुल्मीकाे धुर्कोट गाउँपालिका– ४ मा स्थायी रुपमा बस्दै आएका थिए। २०५८ सालमा जन्मिएका जोशुवा जिल्लाका विभिन्न बिद्यालयहरुबाट प्लस टु गरेपछि भारतमा शिक्षा विज्ञानमा स्नातक तह अध्ययन गर्दै आएका छन्। नागरिकता प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले उज्ज्वल भविष्यको कामना गरे।

नागरिकता नपाउँदा कार्यालयमै आक्रोशित युवालाई तत्काल ऐन कार्यान्वयन भएकाले केहि समयमै हातमा नागरिकता थमाउन पाउँदा निकै खुसी लागेका केसीले प्रतिक्रिया दिए। जिल्लामा सीमित व्यक्तिहरुले नयाँ ऐनअनुसार नागरिकता प्राप्त गर्नेछन्। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरैले जन्मको आधारमा नागरिकता पाउन चारजनाले सम्पर्क गरेकाले कागजपत्रको व्यवस्थापन भइरहेको बताए।

ad
ad