१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका नेपालगन्ज
२o८१ बैशाख २४ सोमबार २o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाँकेलाई शिक्षाको हब बनाउन सकिन्छ : किशोरसिंह राठौर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नेपालगन्ज
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:५९:oo

बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले बाँके जिल्लालाई शैक्षिक हब बनाउन विशेष पहल गर्ने बताएका छन्। 

सोमबार नेपालगन्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रथम वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मध्य र सुदूरपश्चिमको गन्तव्यका रूपमा रहेको बाँके जिल्लालाई सरकारले शैक्षिक हबका रूपमा विकास गर्न विशेष ध्यान दिनुपर्ने बताए। 

कांग्रेसका सहमहामन्त्री राठौरले हुने खानेका छोराछोरी काठमाडौंलगायत अन्य क्षेत्रमा गएर अध्ययन गरे पनि यस प्राविधिक विश्वविद्यालयले गरिब र निम्न वर्गका जनताले बाँकेमै प्राविधिक शिक्षा पाउने अवस्था बनेको बताए। 

कोरा शिक्षाले बेरोजगार उत्पादन गर्ने भएकाले अहिलेको आवश्यकता प्राविधिक शिक्षा नै भएको उनले जिकिर गरे। 

ad
ad