१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सनराइज बैंक भद्रपुर शाखाद्वारा यात्रु प्रतीक्षालय निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:१o:oo

सनराइज बैंक लिमिटेड भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोसी प्रदेशको भद्रपुरस्थित गिरिचोकमा यात्रु प्रतीक्षालयको निर्माण गरेको छ।

आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेशकुमार पोखरेल तथा बैंकका कोसी प्रदेश प्रमुख विनोद गजुरेलले संयुक्त रूपमा उक्त यात्रु प्रतीक्षालयको उद्घाटन तथा हस्तान्तरण गरे।

उक्त कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्की, बैंकका शाखा प्रबन्धक भरत प्रसाईंलगायतको उपस्थिति थियो। उक्त यात्रु प्रतीक्षालयको निर्माणले मेची राजमार्ग तथा भद्रपुर बसपार्कसम्म यात्रा गर्ने सयौँ यात्रु लाभान्वित हुने बैंकको विश्वास छ।

नगरपालिका प्रमुख गणेशकुमार पोखरेलले उक्त कार्यप्रति हार्दिक आभार व्यक्त गर्दै सनराइज बैंकलाई धन्यवाद ज्ञापन गरे। सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देशैभरि स्वास्थ्य, शिक्षा, सीपमूलक तालिम, वित्तीय साक्षरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरूमा विभिन्न कामहरू गर्दै आएको छ।

ad
ad