१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ, बाँके प्रहरीको जिम्मा लगाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४७:oo

पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्वसांसद हरिनारायण रौनियारलाई पक्राउ परेका छ । आज अपराह्न बानेश्वरबाट उनी पक्राउ परेका हुन् ।

बाँके जिल्ला अदालतले पक्राउ पुर्जीजारी गरेको आधारमा प्रहरी वृत्त बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको हो । उनलाई आजै बाँके जिल्ला प्रहरीलाई जिम्मा लगाउने तयारी छ ।

रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो । उनी ०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए । 
तत्कालीन संघीय समाजवादी फोरमको उम्मेदवार रहेका उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको पद निलम्बनमा परेको थियो ।

ad
ad