मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १४ बिहीबार
  • Tuesday, 17 December, 2024
एजेन्सी कराँची
२o८o असार १४ बिहीबार o६:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सरकारले भारत जाने स्वीकृति दिएको छैन : पिसिबी

पाकिस्तान सरकारले छिमेकी भारतमा हुने एकदिवसीय विश्वकपमा सहभागी हुन आफ्नो टोलीलाई स्वीकृति दिएको छैन

Read Time : < 1 मिनेट
एजेन्सी, कराँची
नयाँ पत्रिका
२o८o असार १४ बिहीबार o६:३८:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । खेल तालिकाअनुसार भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा नरेन्द्र मोदी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । क्रिकेट समर्थकका लागि यो खेल बहुप्रतिष्ठित हुनेछ । आइसिसीको अनुसार पाकिस्तानले विश्वकपमा सहभागिता जनाउन भारत जानुपर्छ । यसपटक प्रतियोगिताको आयोजक भारत हो । तर, पाकिस्तानले एकदिवसीय विश्वकपमा सहभागिता जनाउन भारतमा जाने स्वीकृति प्राप्त नभएको जनाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले बुधबार विज्ञप्ति जारी गर्दै भारतमा जान आफ्नो सरकारले अनुमति प्रदान नगरेको स्पष्ट पारेको छ । 

सरकारले स्वीकृति दिएको अवस्थामा मात्र पाकिस्तानी क्रिकेट टोली भारत जान पाउनेछ । सरकारले स्वीकृति नदिँदासम्म पाकिस्तानको एकदिवसीय विश्वकपको सहभागिता अन्योलमा परेको छ । ‘हामीले भारतमा खेल्न सरकारसँग अनुमति लिनुपर्छ,’ पिसिबीले विज्ञप्तिमा भनिएको छ, ‘विश्वकप आउन अझै समय छ, छिमेकी राष्ट्रमा विश्वकप खेल्नका लागि हामी सरकारसँग अनुमति लिन निरन्तर रूपमा सम्पर्कमा छौँ ।’ 

 आइसिसीसँग सम्झौता
पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानमा नखेल्ने घोषणा गरेको थियो । भारत सरकारले आफ्नो क्रिकेट टोलीलाई पाकिस्तान नपठाउन अडान लिएपछि एसिया कप नै श्रीलंकामा हुने भएको छ । पाकिस्तानले एसिया कपकै ‘विवाद’ उठाउँदै एकदिवसीय विश्वकपमा आफ्नो उपस्थितिबारेमा स्पष्ट नभएको जनाएको हो ।

 यसैबीच, आइसिसीले विश्वकपमा सहभागी हुने सबै राष्ट्रसँग सम्झौता गरेको जनाएको छ । सम्झौताअनुसार जस्तोसुकै परिस्थिति आए पनि क्रिकेट टोलीले अर्को देशमा गएर खेल्नुपर्छ । विश्वकप अवधिभरि आइसिसीको नियम पालना गर्नुपर्ने र सम्झौताविरुद्ध जान नहुने भनिएको छ । ‘पाकिस्तानले विश्वकपको सम्बन्धमा हामीसँग सम्झौता गरेको छ,’ आइसिसीले भनेको छ, ‘यही नियमअनुसार पाकिस्तान भारतमा गएर खेल्नुपर्छ ।’