
लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्षमा निर्वाचित भएका छन् । परिसंघको २०औँ वार्षिक साधारणसभाले उनलाई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
उनले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाइमा पुर्याउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साधारणसभामा नेपालको घिउतेल उत्पादन गर्ने गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रोपटक सम्मान गरेको जनाइएको छ । परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टाअन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवद्र्धनमा महत्वपूर्ण सहयोग उपलब्ध गराएकोमा सम्मान गरेको जनाइएको छ ।
उक्त सम्मान प्रधानमन्त्री पुष्पकमल दाहालबाट कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरिएको उल्लेख छ । विभिन्न उद्योग, व्यापार–व्यवसाय, बैंक तथा बिमा कम्पनीहरूमा लगानी भएकोे समूह लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर हिमालयन रि–इन्स्योरेन्समा पनि सञ्चालक रहेको जनाइएको छ ।