Skip This
हेटौँडा अस्पतालमा ६ महिनाभित्र मिर्गाैला प्रत्यारोपण सुरु हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o असार १२ मंगलबार २o:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा अस्पतालमा ६ महिनाभित्र मिर्गाैला प्रत्यारोपण सुरु हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार २o:२o:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अबको ६ महिनाभित्र मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। 

मंगलबार हेटौँडामा भएको एक कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको जानकारी दिए।

अंगदान र प्रत्यारोपणसम्बन्धी अन्तर्क्रियामा मेसु सापकोटाले उक्त सेवा सुचारु गर्ने उद्देश्यले अस्पतालमा पूर्वाधार निर्माणका साथै आवश्यक उपकरण खरिद गरी सेवा सुचारु गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए। 

‘प्रदेश सरकारले अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदानस्वरूप नौ करोड रुपैयाँ उपलब्ध गराएको छ। उक्त रकम उपकरण खरिद र पूर्वाधार विकासमा खर्च गरी प्रत्यारोपण सेवा सुचारु गर्न लागेका छौँ,’  डा. सापकोटाले भने। 

उनले आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेश सरकारले प्रत्यारोपण सेवा शीर्षकमा चार करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए। विगत तीन वर्षदेखि हेटौँडा अस्पतालमा डाइलाइसिस सेवा सुरु गरिएको जानकारी दिँदै उनले ५० भन्दा बढी मिर्गाैलाका बिरामीले डाइलाइसिसका लागि पालो कुर्नपर्ने बाध्यता रहेको बताए।

कार्यक्रममा राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र नेफ्रोलोजिस्ट डा. सुरेश महर्जनले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ब्रेनडेथ भएका व्यक्तिहरूको अंग प्रयोग गर्न सके हजारौँले पुनर्जीवन पाउने बताए।

उनले नेपालमा वार्षिक एक हजारजनाको ब्रेनडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको बताउँदै वार्षिक आठ हजारजना मिर्गाैला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको जानकारी दिए । तर, जनचेतनाको कमीका कारण खेर जाने आठ हजार अंगको उपयोग गर्न नसकिएको र हालसम्म नेपालमा जम्मा पाँच ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको डा. श्रेष्ठले बताए।

नेपालमा वर्षेनी तीन हजारजनाको मिर्गाैला र एक हजारजनाको कलेजो फेल हुने गरेको तथ्यांक रहेको पनि डा. श्रेष्ठले जानकारी दिए ।