१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Monday, 01 July, 2024
२o८o असार ११ सोमबार २३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ११ सोमबार २३:२४:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनको अध्यक्षतामा धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताको जिम्मेवारीलाई ६ महिनाको समयसीमा निर्धारण गरेको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिइन् । 

गत जेठमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयलाई पारित गरेको बैठकले भूगोलमा जाने नेताहरूले वडा तहबाटै संगठन गठन, पुनर्गठनलगायत तोकिएका कामहरू सम्पन्न गर्नुपर्ने जिम्मेवारी प्रदान गरेको छ ।

आइतबारदेखि सुरु भएको बैठकमा छलफल नसकिएकाले आजसम्म सञ्चालन भएको बैठकमा ‘राप्रपा ः अब नवीन राप्रपा’सम्बन्धी कार्ययोजनालाई थप व्याख्या तथा विस्तृत कार्यक्रमको रूपमा लागू गर्नका लागि आवश्यक छलफल गरिएको थियो । पार्टी गतिशील बनाउन सो कार्ययोजना ल्याइएको बैठकमा बजेट अधिवेशन, पार्टीको सङ्गठन सुदृढीकरण, कृयाशील सदस्य वितरण, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा पनि थप छलफल गरिएको थियो । रासस

ad
ad
ad
ad