मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Thursday, 19 December, 2024
२o८o असार ११ सोमबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनहरी गाउँपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ११ सोमबार १७:११:oo

मकवानपुरको मनहरी गाउँपालिकाले आगामी वर्षदेखि सुर्तीजन्य पदर्थ बिक्री वितरणमा रोक लगाउने भएको छ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले मनहरी क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेका हुन्।

मानवीय स्वास्थ्यलाई हानी पुर्‍याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाइने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष कालाखेतीले बताए।

यस्तै, गाउँपालिकामा मोतियाविन्दुका बिरामी फेला परेमा निःशुल्क शल्यक्रिया गरिने, रेडक्रससँगको सहकार्यमा ब्लड बैंक सञ्चालनमा सहयोग र रगत आवश्यक पर्ने नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने योजना पनि पालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ।

यसैगरी, वितगका वर्षहरूमा झैँ यस वर्ष पनि गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

गर्भवती महिलाको आधारभूत जाँच तथा भिडियो एक्स-रे सेवा निःशुल्क गर्ने, नेपालकै पहिलो बालमैत्री गाउँपालिकाको रूपमा रहेको मनहरीको प्रतिष्ठा जोगाइराख्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने, अभिभावकविहीन बालबालिकालाई विशेष संरक्षणको व्यवस्था गर्न निःशुल्क स्वास्थ्य सेवा र शिक्षा उपलब्ध गराउने, अपांग भएकाहरूलाई निःशुल्क सहायता सामग्री उपलब्ध गराउने, ज्येष्ठ नागरिक सहायता कोषको स्थापना गरी निःशुल्क स्वास्थ्य परीक्षण र नियमित औषधिको व्यवस्था गर्ने गाउँपालिकाले नीति लिएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट भने यही असार २२ गते प्रस्तुत गर्ने भएको छ।