१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १३:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

ताप्लेजुङका स्थानीय तहका याेजना : भेटेरिनरी डाक्टर पढाउनेदेखि सिसिक्यामेराबाट विद्यालयको निगरानीसम्म

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:४३:oo

ताप्लेजुङ जिल्लाका स्थानीय तहहरूले विभिन्न योजनासहित आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गरेका छन्। निःशुल्क एम्बुलेन्स सेवादेखि डाक्टर पढाउनेसम्मका योजना बजेटमा समेटिएका छन्।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभित्र गर्भवतीलाई सुत्केरी हुनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेको छ। ५० करोड २२ लाख ९० हजार दुई सय रुपैयाँको बजेट पारित गर्दै पालिकाका दीर्गरोगी विपन्न परिवारलाई नागरिक सहायतास्वरूप नगद २० हजार रुपैयाँ उपलब्ध गराउने भनिएको छ।

बसाइँ सरी अन्यत्रबाट गाउँपालिकाभित्र आउनेहरूलाई प्रोत्साहन गर्ने, गाउँपालिकाभित्रका प्रत्येक माध्यमिक सामुदायिक विद्यालयहरूको निगरानीका लागि सिसिक्यामेरा जडान गर्नेजस्ता कार्यक्रम समावेश भएको दोस्रो गाउँसभा तथा तेस्रो अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिए।

यस्तै, पालिकाभित्रका माध्यमिक विद्यालयहरूले वर्ष दिनमा कम्तीमा पाँच हजार बिरुवा रोप्नुपर्ने भएको छ। बिरुवा र रोपण क्षेत्रसहित बिरुवा रोपणको समयमा खाना तथा खाजाको प्रबन्धसमेत गाउँपालिकाले गर्ने बताइएको छ। पालिकाभित्रका उच्च शिक्षा अध्ययन गर्न चाहने गरिब, जेहेनदार विद्यार्थीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ।

यता जिल्लाको एक मात्र नगरपालिका फुङलिङले भेटेरिनरी डाक्टर अध्यापन गराउन छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ । चौधौँ नगरसभा अधिवेशनमा आर्थिक वर्ष ०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख अमिर मादेनले उक्त घोषणा गरेका हुन्।

आगामी आर्थिक वर्ष ०८०/८१ का लागि चालूतर्फ ४१ करोड २१ लाख ९१ हजार पाँच सय रुपैयाँ (६१ प्रतिशत) विनियोजन गरिएको छ। त्यस्तै, पुँजीगततर्फ २६ करोड ३४ लाख ५८ हजार रुपैयाँ (३९ प्रतिशत)मध्येबाट सामाजिक विकासमा ३१ करोड ७० लाख ७३ हजार, पूर्वाधार विकासमा १७ करोड २४ लाख ३० हजार, आर्थिक विकासमा दुई करोड २८ लाख ३५ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १६ करोड ३३ लाख ११ हजार पाँच सय रकम विनियोजन गरिएको छ।

करिब साढे तीन करोड रकम खर्चिएर जग्गा प्राप्ति गरी एक खुला मञ्च निर्माणको अवधारणा पनि नगरपालिकाले ल्याएको छ।

ad
ad