१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Friday, 27 September, 2024
२o८o असार ११ सोमबार १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाका एक युवकको मलेसियामा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ११ सोमबार १२:३८:oo

हिमा गाउँपालिका– १ देवारगाउँका ३२ वर्षीय मयलाल परियारले मलेसियामा ज्यान गुमाएका छन्। असार ९ गते बिहान उनी आफ्नै कोठामा मृत भेटिएका मलेसियामै रहेका देवारगाउँका मृगेन्द्रकुमार शाहीले जानकारी दिए।

असार ८ गते राति निधन भए पनि ९ गते बिहान मात्रै थाहा पाएको उनले बताए । ‘राति नै उनको मृत्यु भएको रहेछ। भोलिपल्ट मात्रै थाहा पायौँ,’ सामाजिक सञ्जालमार्फत शाहीले नयाँ पत्रिकासँग भने।

०७० साउन १९ गते मयलाल वैदेशिक रोजगारीको सिलसिलमा नेपालबाट मलेसिया पुगेका थिए। दिउँसोको समयमा उनले सुरक्षागार्डको काम गर्दै आएका थिए।

शाहीका अनुसार मृतकको शव अहिले क्वालालम्पुरस्थित अस्पतालमा रहेको  छ। मयलालको मृत्यु भएको तीन दिन भइसक्दा पनि शव नेपाल ल्याउन कुनै निकायले पहल नगरेका शाहीले बताए।