
सांसदहरूले उपराष्ट्रपति पदको औचित्य नरहेको बताएका छन्।
मनीष झा, देवेन्द्र पौडेल, रोशन कार्की, रन्जु झा, अब्दुल खानलगायतले प्रतिनिधिसभामा विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उपराष्ट्रपति पद आवश्यक नरहेको जिकिर गरेका हुन्।
उनीहरूले संविधान संशोधन गरेर उपराष्ट्रपतिको जिम्मेवारी राष्ट्रिय सभा अध्यक्षलाई दिनुपर्ने धारणा राखेका छन्। उपराष्ट्रपति पनि जनताको करमाथिको रजाइँ भएको, उद्घाटन र धार्मिक भ्रमणमा सीमित रहेको, नेता व्यवस्थापनको ठाउँ बनाइएको भन्दै भूमिका बढाएर राष्ट्रिय सभा अध्यक्षलाई जिम्मेवारी दिनुपर्ने उनीहरूको भनाइ थियो।
सांसदहरूले राष्ट्रपतिको प्रशासनिक खर्च कटौती गर्नुपर्ने, पूर्वपदाधिकारीले पाउने सबै सुविधा कटौती गर्नुपर्ने धारणा राखेका थिए।