१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इसेवा मनी ट्रान्सफरले गर्‍यो घर हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:५७:oo

इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । इसेवा मनी ट्रान्सफरले १२ जेठमा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेजबाट प्रत्यक्ष डिजिटल गोलाप्रथामार्फत विजेता घोषणा गरेको थियो । जसमा आठ वर्षदेखि युएईमा ड्राइभरका रूपमा कार्यरत पूर्णबहादुर श्रेष्ठ विजेता बन्न सफल भएका थिए ।

कार्यक्रममा इसेवा मनी ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठले भने, ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुपअन्तर्गतको कम्पनी इसेवा मनी ट्रान्सफरले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ । आगामी दिनमा पनि कम्पनी, डिजिटल रेमिट्यान्सलाई प्रभावशाली बनाउनका निम्ति निरन्तर लागिरहनेछु भन्ने विश्वास दिन चाहन्छु ।’ 

७ असोजदेखि ६ जेठसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहारसमेत प्रदान गरेको थियो । 

कार्यक्रममा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने बताए ।

कार्यक्रममा बोल्दै एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले प्रवासी नेपालीसँग भावनात्मक रूपमा जोडिनुको ठूलो महत्व रहेको बताए । एफवान सफ्टले अर्को वर्ष पनि भाग्यशाली विजेतालाई सपनाको घर उपहार दिने घोषणा गरे । बम्पर पुरस्कार विजेता श्रेष्ठले विजेता चुनिएकोमा अत्यन्तै खुसी र कृतज्ञता व्यक्त गरे । 

ad
ad