१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक हरि रोकालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:o७:oo

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने सम्भावना कति देख्नुहुन्छ ?
नेपालको राजनीतिमा यसै हुन्छ भन्न कठिन छ । उहाँ सक्रिय राजनीतिमा फर्किन सक्नुहुन्छ । एमाले अध्यक्ष खड्गप्रसाद ओलीजीको उमेर, स्वास्थ्य र खस्किँदो इमेज आदि कारणले एमालेभित्र साधारण सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता लिने जमात निकै कम हुँदै गएको सुनिँदै गरेको अवस्थामा उहाँ पार्टीको सक्रिय राजनीतिमा आउनुभयो भने अनौठो मान्नुपर्दैन ।      

एमालेमा उहाँको नेतृत्व स्वीकार्य हुन सक्ला त ?
पार्टी राजनीतिमा फर्किनुभयो भने एमालेमा उहाँको नेतृत्व स्वीकार्य नहुने प्रश्नै छैन । उहाँ लामो समयदेखि ओलीजीसित राजनीतिक रूपमा निकट देखिँदै आउनुभएको छ । त्यसले गर्दा ओली पक्षधर नेता, कार्यकर्ताले उहाँलाई सजिलै स्विकार्नेमा शंका छैन । फेरि अहिले एमालेमा उहाँलाई टक्कर दिन सक्ने अर्को नेता पनि छैन । साथै, उहाँले राष्ट्रपति हुँदा खेलेको भूमिका र लिएको अडानले गर्दा पनि पार्टीमा उहाँको स्वीकार्यता बढी नै देखिन्छ । पार्टी नेता मदन भण्डारीको लिगेसी पनि उहाँसित छँदै छ । 

उहाँ राजनीतिमा आउनुभयो भने यसले नेपाली राजनीतिमा कस्तो सन्देश दिन्छ ?
नेपालमा मात्रै होइन, समग्र तेस्रो विश्वमै अब मेरो राजनीति सकियो, अब राजनीतिबाट अलग हुनुपर्छ भनेर हट्न कसैलाई नैतिक बन्धन छैन । भारत, मलेसिया, ब्राजिललगायत देशमा यस्ता उदाहरण पटकपटक देखिएकै हुन् । विकसित अमेरिकामा समेत ट्रम्प फेरि सत्तामा फर्किन कोसिस गरिरहेकै छन् । त्यसैले, उहाँ राजनीतिमा आउनुले अनौठो सन्देश दिँदैन । 

ad
ad