१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ९ शनिबार
  • Sunday, 29 September, 2024
रासस भोजपुर
२o८o असार ९ शनिबार १७:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खानेपानी आयोजना बाढीले बगाउँदा तीन करोडबराबरको क्षति

Read Time : > 1 मिनेट
रासस, भोजपुर
नयाँ पत्रिका
२o८o असार ९ शनिबार १७:१६:oo

बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा रु तीन करोडबराबरको क्षति भएको छ।

खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीनओटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघरलगायतमा क्षति पुर्‍याउँदा रु तीन करोडबराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताए।

आयोजना निर्माणस्थल अहिले बगरमा परिणत भएको उनको भनाइ छ। प्रमुख सिंहले भने, ‘आयोजना रहेको ठाउँमा अहिले खोला बगेको अवस्था छ, आयोजना बगाउँदा स्थानीय पिउने पानीबाट वञ्चित भएको अवस्था छ, यसलाई पुनः सञ्चालनमा ल्याउन कार्यालयले पहल थालेको छ।’

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाउँदा राज्यलाई ठूलो क्षति पुगेको उनको भनाइ छ। आयोजनाको कार्यालयले स्थलगत अनुगमन गरेर उपयुक्त विकल्पको खोजी गर्ने काम भइरहेको प्रमुख सिंहले जानकारी दिए। 

‘स्थलगत रूपमा हेर्दा आयोजनाको बेहाल अवस्था छ,’ उनले भने, ‘अर्को आर्थिक वर्षको सुरुमा हस्तान्तरण गर्ने लक्ष्य थियो, हस्तान्तरणको अन्तिम अवस्थामा बाढीले क्षति पुगेको छ, पुनः सञ्चालनका लागि मन्त्रालयलाई आवश्यक जानकारी गराएको छु।’

आर्थिक वर्ष ०७५/७६ बाट यो योजनाको निर्माण थालिएको हो। कुल अनुमानित रु ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा निर्माण भइरहेको छ। यही असार २ गते राति आएको बाढीले आयोजनास्थलमा क्षति पुर्‍याएपछि स्थानीय पिउनेपानीबाट वञ्चित भएका छन्। 

तीन  सय ८६  घरपरिवारलाई पानी खुवाउने लक्ष्यका साथ निर्माण भइरहेको आयोजनाबाट एक सय ५० घरपरिवारले पानी खाँदै आएका थिए । दुई सय घरपरिवारमा धारा जडान गरेर पानी वितरणको अन्तिम तयारीमा रहेको अवस्थामा बढीले आयोजना बगाएको निर्माण उपभोक्त समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए। 

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाएपछि स्थानीयवासीलाई पानीको समस्या थपिएको उनको भनाइ छ। ‘बाढीले आयोजना बगाएपछि समस्या परेको छौँ,’ अध्यक्ष त्रितालले भने, ‘बस्तीमा पानीको हाहाकार भएको छ, आयोजना स्थल बगर बनेको छ, राज्यले यसलाई चाँडो निर्माणमा ध्यान दिन आवश्यक छ।’