१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ८ शुक्रबार
  • Friday, 09 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ८ शुक्रबार १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वोच्चको अन्तरिम आदेशसँगै चलाउनेले तोडे अनशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ८ शुक्रबार १४:१७:oo

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले पाँच दिनदेखि जारी अनशन तोडेका छन्। सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार अनशन तोडेका हुन्।

२० असोज ०७७ मा चलाउनेमाथि विद्यार्थी नेताहरू योगेन्द्र रावल, हरि आचार्यलगायतले योजनाबद्ध आक्रमण गरेको विषयमा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा चलिरहेको छ । तर, सरकारले चलाउनेको पक्षबाट मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने सर्वोच्च पुगेका थिए।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएसँगै चलाउनेले अनशन तोडेका हुन्।