१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विपद् व्यवस्थापनका लागि देशभर ११ स्थानमा मानवीय सहायता स्थल र आपतकालीन भण्डारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:१o:oo

सरकारले विपद् व्यवस्थापनका लागि देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपतकालीन भण्डारण स्थापना गरेको छ।

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन्। उनका अनुसार विपद् व्यवस्थापनका लागि सरकारले २३ वटा इन्फेटेबल डुंगा र ५ वटा इन्जिनसहितको डुंगा तयारी अवस्थामा राखेको छ।

‘यो प्रतिकार्य योजनासँगै हामीले स्ट्यान्डबाई मेकानिजम बनाएका छौँ। गृह मन्त्रालयमा सहसचिवकै नेतृत्वमा मनसुन अवधिको लागि कमान पोस्ट गठन गरिएको छ। सुरक्षा निकायलाई सबैतिर परिचालन गर्नका लागि समन्वयात्मक अवस्थामा तयारी रहन जिल्ला प्रशासन कार्यालय र जिल्लास्तरीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएका छौँ,’ उनले भने।

गृहमन्त्री श्रेष्ठले आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामग्री खरिद गरी जिल्ला सुरक्षा परिषदमा पठाइसकेको जानकारी गराए।

हवाई उद्धारका लागि कोसी र मधेस प्रदेशका लागि इटहरीमा एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा काठमाडौंमा एक गरी तीनवटा हेलिकोप्टर एवं एमवाइवान–७, स्काइ ट्रक एक, सानो हेलिकोप्टर एक काठमाडौंमा तयारी अवस्थामा राखिएको बताए। उनका अनुसार एउटा एमआई–१७ र एक स्काइ ट्रक किनेर भरतपुर पठाउने तयारी भइरहेको बताए।

ad
ad