
छोराले गाउँकै मन्दिरमा विवाह गरी कपिलवस्तु गएपछि बबिताको बुबाले घरमा गुन्डा ल्याएर ज्यान मार्ने धम्की दिन थाले । ‘सबै परिवारलाई मारिदिन्छु’ भन्न थाले । धेरै तनाव दिएपछि मेरा श्रीमान् जितु राम लुकेर बस्नुभएको छ ।
छोराले अर्को जातसँग प्रेमविवाह गरेको छ । के अर्को जातसँग विवाह गर्नु गलत हो ? जालसाजी कागज बनाएर छोराहरू मनोज राम, रूपेश राम, श्रीमान् जितु राम र भतिजा सञ्जय रामलाई फसाइएको छ । बबिताको बुबा धनी छन् रे !
अहिले मेरो दुवै छोरालाई सप्तरी अदालतले कारागार चलान गरेको छ । जेठो छोरा नेपाल प्रहरीमा कार्यरत थियो, उसको यो घटनामा कुनै चासो थिएन । तर, बबिताको बुबाले सबैलाई फसाएका छन् । हामी गरिब मान्छे, सरकारले हामीलाई न्याय देओस् ।