१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ६ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ६ बुधबार ११:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कनेक्ट आइपिएसको ‘रेफर अ फ्रेन्ड २.०’ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ६ बुधबार ११:२६:oo

कनेक्ट आइपिएसले ‘रेफर अ फ्रेन्ड २.०’ अफर सार्वजनिक गरेको  छ । यस अफरअन्तर्गत प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आइपिएसमा रजिस्टर हुन ‘रेफर’ गर्न सक्ने बताइएको छ ।

उक्त अफरअन्तर्गत ३१ असारसम्म ‘रेफ्री’ले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रेफररले २५ रुपैयाँ र ‘रेफ्री’ले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने आइपिएसले जनाएको छ । अफरको फाइदा लिन रेफररले आफ्ना साथी तथा आफन्तलाई आफ्नो कोड अनिवार्य साझा गर्नुपर्ने हुन्छ । 

बैंकका ग्राहकका लागि एकै प्लेटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्ने सजिलो माध्यम भएकाले कनेक्ट आइपिएसमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एपमार्फत दुई लाखसम्मको भुक्तानी गर्न सकिन्छ । 

यस्तै मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबारलगायत थुप्रै प्रकारका भुक्तानी गर्न सकिने बताइएको छ ।