१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ५ मंगलबार १३:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दूतावासलाई निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ५ मंगलबार १३:५८:oo

परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ मन्त्री साउदले दिएका हुन्। 

उनले भारतले बनाएको नयाँ संसद् भवनभित्र राखेको अखण्ड भारतसम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तुलगायतका नेपाली भूभागहरू पनि समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको बताए। 

उनले अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा भएकाे साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारिक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताए। 

मन्त्री साउदले अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पाउन नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको समितिलाई स्पष्ट पारे। उनले अखण्ड भारतको नक्साभन्दा पनि चित्र भएको बताए। 

उनले अखण्ड भारतको नक्साको विषयमा आफूले सञ्चारमाध्यममा नेपाल सरकारलाई स्पष्ट आधिकारिक जानकारी नआई बोल्न नमिल्ने भएकाले जानकारीमा नभएको बताएको स्पष्ट पारे। उनले दुई देशको संवेदनशील विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धबारे पूर्ण जानकारी नलिई बोल्नु परिपक्व नहुने बताए। 

उनले भने, ‘नेपाल सरकारले भारतको नवनिर्मित संसद् भवनमा राखिएको अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउनुहुन नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन गरिसकेको कुरा समितिलाई स्पष्ट जानकारी गराउन चाहन्छु । दुई देशको संवेदनशील विषयमा एउटा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धबारे पूर्ण जानकारी नलिई बोल्नु परिपक्व हुँदैन । भारतस्थित नेपाली राजदूतावासले स्पष्ट रूपमा त्यसबारे सरकारले रिपोर्ट नगरिसक्दै भारतका विभिन्न स्थानमा राखिएका नक्साबारे स्पष्ट नगरी हामीले हतारमा सरकारको तहबाट प्रतिक्रिया दिन दूतावासबाट जानकारी हुनुपर्छ । भारत सरकारले त्यो नक्सा नभएर चित्रकाे प्रयोजनका लागि राखिएको हो भनेर पछि मात्रै बोल्न मिल्ने भनेर आफूले बोलेको हुँ।’

उनले सरकार नेपालको नक्साबारे स्पष्ट रहेको बताए। नेपालको नक्सा के हो भन्ने कुरा ०७७ असार ४ गते संविधानमा दोस्रो संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूची ३ मा नेपालको निसाना छाप अद्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको बताए। 

नक्साका विषयमा हमेसा विवाद बनाइराख्नु उचित नहुने बताउँदै उनले इपिजीको प्रतिवेदनमा के लेखिएको छ भन्नेबारे नेपाल सरकारलाई जानकारी नभएको बताए। 

मन्त्री साउदले इपिजीको प्रतिवेदन नेपाल सरकारले अधिकारिक रूपमा बुझेर अध्ययन नगरेको बताए। नेपाल सरकार इपिजीको प्रतिवेदन बुझ्न तयार रहेको भन्दै अर्को देशलाई प्रतिवेदन तत्काल बुझ्नु भन्न नमिल्ने उनकाे भनाइ थियाे।