१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इजरायली सैनिकको गोली लागेर तीन प्यालेस्टाइनीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:३४:oo

उत्तरी वेस्ट बैंक सहर जेनिनमा सोमबार इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य दर्जनौँ घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

झडपका क्रममा २१ वर्षीय खालिद असासे, १५ वर्षीय अहमद सक्र र २९ वर्षीय कासम अबु सेरेहको मृत्यु भएको हो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रत्यक्षदर्शीहरूले जनाएअनुसार ड्रोन र हेलिकोप्टरहरूको सहयोगमा इजरायली सेनाले सहर र छेउछाउको शरणार्थी शिविरमा आक्रमण गरेको हो । सो क्षेत्रको निरीक्षण गर्ने उच्च भवनहरूको छतमा स्निपरहरू तैनाथ गरिएको थियो ।

उक्त सहर र शरणार्थी शिविरमा दर्जनौँ प्यालेस्टिनी लडाकु र इजरायली सैनिकबीच भीषण झडप भएको र गोली र विस्फोटको ठूलो आवाज सुनिएको थियो ।
(राससकाे सहयाेगमा)

ad
ad