![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Kushal_bhurtel2023-06-18-01-34-50.jpeg)
आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा अहिले टेस्टराष्ट्र जिम्बावेविरुद्ध खेलिरहेको छ।
गृहमैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
संयमित रूपमा इनिङ सुरु गरेको नेपालले कुनै विकेट नगुमाई अर्धशतकीय साझेदारी गरेको छ । १२औँ ओभरमा नेपालले ५० रन पूरा गरेको हो ।
कुशलले पाँच चौकाको सहयोगमा ४१ बलमा ३३ रन बनाएका छन् । यस्तै, आसिफले एक चौकाको सहयोगमा २९ बलमा १४ रन बनाएका छन् ।
घरेलु मैदानमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपाल उही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा छ ।