१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पुनमगरलाई छुट्टै जातिको रूपमा राख्नु गलत हो, सच्याउँछौँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणनामा पुनमगरलाई छुट्टै जातिको रूपमा राखिएको कुरालाई सच्याइने बताएका छन्।

शुक्रबार नेपाल मगर संघले भूमे/भूम्या पर्वको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय जनगणना २०७८ मा पुनमगरलाई छुट्टै जातिको रूपमा राखेर त्रुटि गरिएको कुरालाई सच्याउने प्रतिबद्धता व्यक्त गरे।

पुनमगरलगायतका अन्य जनजातिलाई राष्ट्रिय जनगणनामा छुट्याउने काम भएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले गुनासो आएसँगै तथ्यांक विभागलाई निर्देशन दिइसकेको प्रस्ट पारे।

‘पुनमगर मगर होइनन् भन्ने किसिमले जनगणनाको रिपोर्ट छ भन्ने जानकारी र रिपोर्टिङ मलाई भइसकेको थिएन। आदिवासी, जनजाति महासंघले मलाई रिपोर्ट गरिसकेपछि मैले खबर गरिसकेको छु। अहिले तथ्यांक कार्यालयको प्रमुख मान्छे विदेश भ्रमणमा भएको हुनाले आएपछि त्यसलाई स्पष्ट गर्ने र करेक्सन गर्ने मैले प्रतिबद्धता व्यक्त गरिसकेको छु,’ उनले भने।
 

ad
ad