१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

‘आइएमई पे’मार्फत सौर्य एयरलाइन्सको टिकट काट्दा चन्द्रागिरिमा टिकट निःशुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१६:oo

‘आइएमई पे’मार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराइने भएको छ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका अनुसार करिब आठ सय रुपैयाँ पर्ने चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आइएमई ग्रुपसँग भएको छ।

सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आइएमई पेमार्फत टिकट काट्छन्, सबैले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउनेछन्।

‘मानौँ पोखराबाट सौर्यको जहाज चढेर काठमाडौं आएका ५० जना यात्रीले नै आइएमई पेमार्फत टिकट काटेका छन् भने सबैले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क प्राप्त गर्ने छन्,’ अध्यक्ष पोखरेलले भने। काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आइएमई पे’मार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले जानकारी दिए।

ad
ad