१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक प्राडा लोकराज बराललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५४:oo

पछिल्लो समय संसद् सञ्चालन प्रभावकारी हुन नसकेको आवाज उठिरहेको छ नि ? 
संसद्मा पछिल्लो समय गहन विषयमा छलफल हुन सकेको देखिँदैन । प्रधानमन्त्रीको भारत भ्रमणपछिको अवस्थालाई हेर्ने हो भने उहाँको बेइज्जत हुनेगरी संसद्मा बोलियो । सांसदमा संयम र धैर्य देखिन्न । संयम भएर पनि प्रश्न गर्न सकिन्छ भन्ने सोच उनीहरूमा देखिएन । सांसदहरू यो व्यवस्थामा प्रधानमन्त्री त केही पनि होइन भनेजसरी प्रस्तुत भइरहेका छन् । तर, त्यस्तो तरिकाले संसदीय प्रणाली चल्दैन । यो संसदीय व्यवस्थामाथिकै चुनौती हो । 

संसद्मा यस्तो अवस्था आउनुको जिम्मेवार को हो ?
संसद्को गरिमा जोगाउनु सबैको जिम्मेवारी हो । मर्यादा कायम गराउने कार्यमा सभामुखको भूमिका पनि कमजोर देखिन्छ । उहाँले संसद् राम्ररी चलाउन सक्नुभएको छैन । सांसद्हरू पनि स्वस्थ आलोचना र प्रश्न गर्नतिर भन्दा पनि होहल्लामै बढी रमाइरहेका देखिन्छन् । विशेषगरी नयाँ सांसदमा यो समस्या बढी नै देखिन्छ ।

प्रमुख प्रतिपक्षी दल र सांसद कति तार्किक बन्न सकेका छन् ?
पछिल्लो उदाहरण नै हेरौँ न, भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले कसैलाई उद्धृत गरेर सीमा समस्याको समाधान खोज्न ‘बंगलादेश मोडल’को विकल्पको कुरा गर्नुभएको थियो । तर, त्यसलाई उहाँकै भनाइ भनेर ‘ट्विस्ट’ गराइयोे । त्यसलाई लिएर संसद्मा निकै होहल्ला गरियो । वास्तविकता नबुझी प्रधानमन्त्री आफैँले भनेका हुन् भनेर प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत लागेको देखियो । समग्रमा सांसद्ले निभाउनुपर्ने भूमिका निभाएको देखिएन । 
 

ad
ad