१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २५ बिहीबार ०८:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्युट्रल अवस्थामा राखेको बोलेरो जिप खस्दा जिपमा सवार दम्पतीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २५ बिहीबार ०८:४२:००

न्युट्रल अवस्थामा राखेको बोलेरो जिप  खस्दा जिपमा सवार दम्पतीको मृत्यु भएको छ। कालीकोटको रास्कोट नगरपालिका– २ सेरा बजारमा  स्टार्ट गरी न्युट्रल अवस्थामा छोडेको बोलेरो जिप सडकभन्दा तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा  गाडीमा सवार रास्कोट– १ लहरेलाका निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनबहादुर शाही नेपाली कांग्रेसका वडा सभापति हुन् ।  दुर्घटनामा रिता सिंह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।