मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २४ बुधबार ११:४६:००
Read Time : < 1 मिनेट
अर्थ

युपिआई र एनपिआई एकीकृत भई अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २४ बुधबार ११:४६:००

भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानी सहज बनाउन सम्झौता भएको छ । एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई) बीच सम्झौता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा एनआइपिएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानबीच उक्त एमओयू आदानप्रदान भएको हो । 

आमनागरिक, विद्यार्थी, तीर्थयात्री र यात्रु (पर्यटक)द्वारा गरिने फन्ड ट्रान्सफर एवं भुक्तानीलाई सहज बनाउँदै दुई देशबीच हुने क्रस बोर्डर आर्थिक कारोबार थप सहज गर्नु उक्त सम्झौताको प्रमुख उद्देश्य रहेको बताइएको छ । जसअनुसार प्रारम्भिक चरणमा भारत र नेपालका बैंकहरूबीच इनवार्ड र आउटवार्ड ट्रान्सफरका लागि आवश्यक व्यवस्था मिलाउन युपिआई र एनपिआईबीच एकीकृत गरी हाल उपलब्ध भुक्तानी प्रणाली र विभिन्न च्यानललाई सबलीकरण गरिने बताइएको छ । त्यसपछि क्रमशः मर्चेन्ट पेमेन्टलगायतका अन्य भुक्तानीलाई समेत कार्यान्वयनमा ल्याइनेछ । 

दुई देशबीचको रियल टाइम भुक्तानी प्रणालीलाई जोडी क्रस बोर्डर भुक्तानी लागू हुने हुँदा यस इन्टिग्रेसनलाई कोसेढुंगाको रूपमा लिइएको छ । यो एकीकृत कारोबारले नेपालको भुक्तानी प्रणालीमा समेत थप सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।