मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २४ बुधबार १०:२६:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २४ बुधबार १०:२६:००

सतर्कता : बिहान उठेपछि दैनिक फेसवासले अनुहार सफा गर्नुपर्छ । आफ्नो छालाको प्रकृतिअनुसारको फेसवास क्रिम प्रयोग गर्नुपर्छ । चिल्लो अनुहारमा आयल कन्ट्रोल फेसवास तथा फेस स्कर्ब पनि प्रयोग गर्दा हुन्छ । बिहान घरबाहिर निस्कँदा सनब्लक क्रिम अनिवार्य लगाउनुपर्छ । सनब्लक क्रिमले घाम, धुवाँ, धुलो, रापबाट छालालाई जोगाउन मद्दत गर्छ । 

कम गर्न : अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डिफोर आउन सक्छ । डन्डिफोरले अनुहारमा दाग, धब्बा वा स–साना खोपिल्टा छाडेर जान सक्छ । त्यसैले अनुहारलाई लिएर धेरैले चिन्ता गरेको पाइन्छ । शरीरमा अत्यधिक डन्डिफोर आएमा स्किनथेरापी गर्नुपर्छ । यसका माध्यमबाट फोहोर निकालिन्छ । प्रायः डन्डिफोर चिल्लो छालामा देखिने भएकाले यसबाट जोगिन छालालाई ड्राई राख्न कोसिस गर्नुपर्छ ।

धेरै चिल्लो खानेकुरा खानुहुँदैन । कपालमा तेल हालेर लामो समयसम्म राख्नुहुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ । दिनमा तीन–चारपटक अनुहार धुनुपर्छ र छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ । डन्डिफोर निचोर्ने गल्ती गनुहुँदैन ।