१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:१८:oo

पछिल्लो समयमा राजतन्त्रवादीहरूका गतिविधि अलि बढेजस्तो देखिन्छ नि ?
मलाई त त्यस्तो लाग्दैन । अहिलेको व्यवस्थाले सबैलाई अभिव्यक्ति स्वतन्त्रता दिएको छ । त्यसैको सदुपयोग गरेर मौका पाउँदा अलिअलि आवाज उठ्नु अनौठो होइन । दल र तिनका नेताहरूको कमजोरीका कारण उनीहरू उत्साहित भएका मात्र हुन् । लोकतन्त्रमा बोल्नै पाइन्न भन्न मिल्दैन । पूर्वराजाको अभिनन्दन हुँदैमा र उनले भाषण गर्दैमा त्यसको ठुलो प्रभाव पर्दैन । पूर्वराजाले राजनीतिमा आउन चाहेका हुन् भने दल खोल्न सक्छन् । राप्रपामै जान पनि सक्छन् । निर्वाचन लडेर आउन पनि सक्छन् । निर्वाचन जितेर संसद्मा आएमा कसैले केही भन्न सक्ने अवस्था हुँदैन ।

गणतन्त्र र संघीयताको विरोध तथा राजतन्त्रको समर्थनमा गतिविधि बढ्नुको मूल कारण के हुन सक्छ ?
यसको मूल कारण दल र तिनका नेताहरूका गतिविधि नै हुन् । अहिले सबै दल मिलेर आआफ्ना धारणा सार्वजनिक गर्नुपर्ने हो । नयाँ रास्वपालगायत सबै दलले यस विषयमा आआफ्नो ‘पोजिसन’ प्रस्ट पार्न सक्नुपर्छ । साथै, यस्ता गतिविधि बढिरहेमा जनस्तरबाटै पनि ‘काउन्टर’ दिन सक्नुपर्छ । 

नेपाली राजनीतिमा यस्ता गतिविधिको कस्तो प्रभाव पर्न सक्छ ? 
यसको कुनै प्रभाव पर्दैन । गएको राजतन्त्र फर्केर आएको इतिहास संसारमै छैन । नेताहरूका गतिविधिका कारण बढेको असन्तुष्टि या वितृष्णाको परिणाम हुन सक्छ यो । राजतन्त्र फर्काउनुपर्‍यो भनेर जनता सडकमा उत्रिने अवस्था पनि देखिन्न । त्यसैले, यस्ता गतिविधिको नेपाली राजनीतिमा तात्विक प्रभाव पर्दैन । 

ad
ad