मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १० बुधबार
  • Wednesday, 27 September, 2023
२०८० जेठ २२ सोमबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०८० जेठ २२ सोमबार १४:०४:००

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका– १९ का २७ वर्षीय सन्तोष गुरुङको दुर्घटनामा परेर मृत्यु भएको हो। 

गुरुङले चलाएको ना.६४प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर– ५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनाका कारण गुरुङको नाक र मुखमा गहिरो चोट लागेको थियो। 

भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत गुरुङको आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए। मृतक गुरुङको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।